ठूलो बजेटमा निर्माण गरिएको नेपाली फिल्म चंखे शंखे पंखेको रिलिज मिति फाईनल भएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार आउँदो जेठ १ को मितिमा यो फिल्म रिलिज हुनेछ । जुन दिन बलिउडको ठूलो फिल्म बम्बे भेलबेट पनि रिलिज हुँदैछ ।
बम्बे भेलबेट रणवीर कपुरको प्रतिक्षित फिल्म भनिएकाले यसको नेपाल प्रभाव ठूलै तरिकाले नरहला भन्न सकिने अवस्था चाहि छैन् । तर चंखे शंखे पंखे टिमले पूर्वानुमान गरिए अनुसार तीन खानको जस्तो बलिउड प्रभाव रणवीरको फिल्मबाट नपर्ने भन्दै यहि मिति आफ्ना लागि उपयुक्त हुने जनाएको छ ।
पहिलो प्रिमियर सो अप्रिल १७ तारिख का दिन बहराईनमा गर्ने तयारी सहित रिलिज मिति सार्वजनिक गरेको चंखे यूनिटले सोसल सेक्टरमा समेत हात हाल्ने भन्दै स्याङजा बजारमा एक च्यारिटी सो गर्ने पनि जनाएको छ ।
‘कमेडीको पाटो सहित राष्ट्रियताको बिषयलाई गम्भिर रुपले हामीले उठाएका छौं त्यसैले च्यारिटी सो का लागि पनि हामी तयार भएका हौं । ‘ प्रोड्यूसर सन्तोष सेनको भनाई छ ।
कुशल निर्देशकका रुपमा चिनिने निर्देशक सुर्दशन थापा निर्देशित यस फिल्ममा सुर्दशन सहित सुवास थापा, प्रेम पुरी, नन्दिता केसी, सहित हिरोइन पूजा शर्मालाई टिभि रिपोर्टरको मुख्य भूमिकामा देख्न पाईनेछ ।
प्रतिक्रिया