बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ००:१८
वासिङटन डिसी 13:33

अफगानिस्तानमा आठ तालिवान मारिए

इनेप्लिज २०७१ चैत ८ गते ६:०७ मा प्रकाशित

neto-forceकाबुल, ८ चैत । अफगान सुरक्षाबलले दिनहुँजसो जारी राखेको तालिवानविरुद्धको कारबाहीका क्रममा गएको २४ घन्टामा कम्तीमा पनि आठ जना तालिवानी मारिएका छन् ।

अफगानिस्तानबाट नेटो सैनिकले बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सेनाले कारबाही जारी राखेको बताइएको छ ।

सो कारबाहीका क्रममा गत २४ घण्टाभित्र करिब आठजना तालिवान मारिनुका साथै अन्य तीन घाइते भएको अफगान गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अफगान गृह मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । यस कारबाहीका क्रममा अफगान प्रहरीको एक समूहले तालिवानका केही हतियार पनि कब्जा गरेको बताइएको छ ।

सो कारबाहीको क्रममा प्रहरीतर्फ भने कुनै हताहत नभएको जनाइएको छ । केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् ।

अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध सैनिक अफगान युद्ध सकिएको घोषणा गरी स्वदेश फर्किएका छन् । त्यसपछिको कारबाहीका क्रममा तालिवान कमजोर बन्दै गएको देखिएको छ ।

प्रतिक्रिया