बुधबार, मंसिर १७ २०७७
काठमाडौं १४:५६
वासिङटन डिसी 04:11

एकताका लागि छलफल

इनेप्लिज २०७१ चैत ८ गते ४:३३ मा प्रकाशित

prachanda-and-mohan-baidyaकाठमाडौँ, ८ चैत । एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीका शीर्ष नेताबीच पार्टी एकताका विषयमा आज छलफल भएको छ ।

माओवादी पार्टी कार्यालय, बुद्धनगरमा जारी छलफलमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझी तथा माओवादीका तर्फबाट अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ सहभागी हुनुहुन्छ ।

केही दिनअघि एमाओवादी अध्यक्ष दाहाल र अध्यक्ष वैद्यको नेतृत्वमा दुवै दलले एकताका लागि वार्ता समिति गठन गरेपछि आज छलफल भएको हो । बिहान ८ बजेदेखि सुरु भएको छलफल अहिले पनि जारी छ ।

प्रतिक्रिया