आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०८:११
वासिङटन डिसी 21:26

गिरिजाबाबुको अवसानसँगै परिवर्तनको मुद्दा कमजोर भयो: प्रचण्ड

इनेप्लिज २०७१ चैत ७ गते ११:५३ मा प्रकाशित

Prachandaसर्लाही, ७ चैत । एकीकृत(नेकपा)माओवादी अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालाको अवसानसँगै मुलुकमा परिवर्तनसहितको नयाँ संविधान निर्माण अभियान कमजोर बनेको बताउनुभएको छ ।

आज दिउँसो सर्लाहीको हरकठवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले १२ बुँदे समझदारी, गणतन्त्र स्थापना, धर्म निरपेक्षता, सङ्घीयता, समावेशी, समानुपातिक प्रणालीसहितको परिवर्तनमा उहाँको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नु भयो ।

“मसँगै परिवर्तनका लागि खेल्नुभएको भूमिकाका लागि गिरिजाबाबुलाई अत्यन्त सम्मान गर्छु” अध्यक्ष दाहालले भन्नुभयो, “तर स्व गिरिजाबाबुको भावना विपरीतका नेताहरु काँग्रेसको नेतृत्वमा पुगेका र परिवर्तनका मुद्दाहरु छाडेका कारण अहिले नयाँ संविधान निर्माणमा समस्या आएको छ ।”

सहमतिका लागि सत्तापक्षले ठोस पहल गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले पहिला भएका ऐतिहासिक समझदारी, सहमति र सम्झौता सम्बोधन नभएसम्म सहमति नहुने उल्लेख गर्नु भयो ।

पहिचानसहितको सङ्घीयतामा सत्तापक्ष लचक भए मुलुकलाई यथाशक्य निकास दिनका लागि एमाओवादी राज्य पुनःसंरचना र शासकीय स्वरुपमा हदैसम्मको लचक रहेको अध्यक्ष दाहालले बताउनुभयो ।

प्रतिक्रिया