हिन्दी भाषालाई सम्पर्क भाषाको मान्यता दिनु उपयुक्त हुन्छ: उपराष्ट्रपति झा
काठमाडौँ, ७ चैत । उपराष्ट्रपति परमानन्द झाले नयाँ संविधानमा हिन्दी भाषालाई सम्पर्क भाषाका रुपमा मान्यता दिन उपयुक्त हुने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय हिन्दी परिषद् नेपालले आज यहाँ ‘संविधान निर्माण प्रक्रियामा हिन्दी भाषाको स्थान’ विषयक अन्तक्र्रियामा उहाँले संविधानमा हिन्दी भाषालाई संवैधानिक मान्यता दिनुभन्दा पनि सम्पर्क भाषाका रुपमा राख्न उपयुक्त हुने बताउनुभएको हो ।
उपराष्ट्रपति झाले नेपालको बहुजाति र बहुभाषी मुलुक भएकाले नेपालको अन्तरिम संविधानको धारा ५ मा नै नेपाली भाषालाई राष्ट्र भाषा र मातृ भाषालाई पनि राष्ट्रिय भाषाकै रुपमा मान्यता दिने कुरा उल्लेख गरिएको छ, भन्नुभयो ।
साहित्यकार तथा समाजसेवी डा रामदयाल राकेशले नेपाली भाषा नेपालको राष्ट्रिय भाषा भएको र हिन्दी सम्पर्क भाषा भएको उल्लेख गर्दै भाषाका विषयलाई लिएर प्रतिस्पर्धा गर्न नहुने विचार राख्नुभयो ।
प्राज्ञ डा उषा ठाकुरले हिन्दी भाषा विश्वका विभिन्न देशमा बोलिने तथा अध्ययन/अध्यापन गरिने भएकाले नेपालले पनि यसलाई संवैधानिक मान्यता दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
परिषद्का अध्यक्ष डा डम्बरनारायण यादवले नेपालको तराईमा बस्ने धेरै मानिसहरुले हिन्दी भाषा बोल्ने भएकाले हिन्दी भाषालाई संवैधानिक मान्यता दिन माग गर्नुभयो ।
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
ओहायोको बरफिलो तालमा खस्दा किशोरी र उद्धार गर्ने प्रहरी समेतको मृत्यु
अमेरिकाको आर्कन्सको एक घरमा ३ जनाको हत्या ,अपहरित बच्चा सुरक्षित फेला
न्यूयोर्क शहरमा नयाँ प्रजातिको कोरोना भाइरस फेला
प्रतिक्रिया