प्रहरीद्वारा गाँजा नष्ट

इनेप्लिज २०७१ चैत ७ गते ६:४१ मा प्रकाशित

gaja-nastaगाईघाट (उदयपुर), ७ चैत । केही दिनअघि उदयपुर जिल्लाको ओख्ले गाविस–३ बाट बरामद गरिएको झन्डै ९० केजी गाँजा इलाका प्रहरी कार्यालय कटारीले नष्ट गरेको छ ।

रात्रिको समयमा गाँजा तस्कर गरेर कटारीतिर झार्दै गरेको अवस्थामा प्रहरीलाई देखेपछि तस्करहरु गाँजा छाडेर फरार भएका थिए ।

रुपाटार प्रहरी चौकीका प्रहरीले बरामद गरेको गाँजा इप्रका कटारीलाई जिम्मा लगाएपछि शुक्रबार उक्त गाँजा नष्ट गरेको प्रहरी नायब उपरीक्षक सरोज पौडेलले बताउनुभयो ।

प्रतिक्रिया