कारागारबाट फरार कैदी भारतको पूर्णियामा पक्राउ
इनेप्लिज
२०७१ चैत ७ गते ६:०९ मा प्रकाशित
सुरुङ्गा (झापा) ७ चैत । झापा कारागारबाट फरार कैदी कमल सेख हुसेन मिँया गएराति भारतको पूर्णियाबाट प्रक्राउ परेका छन् ।
भारतीय प्रहरीको सहयोगमा उनलाई पूर्णियास्थित एक घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चोरी मुद्दामा फागुन १३ गते पुर्पक्षका लागि झापा कारागार पुर्याइएका बिर्तामोडका २३ वर्षीय हुसेन फरार भएका थिए ।
गत सोमबार साँझ कारागारमा कैदी बन्दी गन्ती गर्ने क्रममा सङ्ख्या नपुगेपछि उनी फरार भएको खुलेको थियो ।
कारागारबाट कैदी फरार भएसँगै सहायक प्रमुख जिल्ला अधिकारी रोहितराज पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
एनआरएनएमा सुवेदीको उम्मेदवारी
एसियन अमेरिकन माथि आक्रमण भएको बिरोधमा न्यूयोर्कमा जुलुस प्रदर्शन
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
प्रतिक्रिया