विपक्षीलाई अल्मल्याउन वार्ताको नाटक: अध्यक्ष यादव
इनेप्लिज
२०७१ चैत ७ गते ०:३४ मा प्रकाशित
विराटनगर(बरगाछी), ७ चैत । मधेसी जनाधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले विपक्षीलाई अल्मल्याउन सरकारले वार्ताको नाटक गरेको आरोप लगाउनुभएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज अध्यक्ष यादवले नेपाली काँग्रेस र नेकपा (एमाले) वार्ताको वहानामा विपक्षी मोर्चालाई फुटाउने खेलमा लागेको बताउनुभयो ।
विगतमा भएको सहमति÷सम्झौताको मर्मअनुसार संविधान जारी गर्न सत्तासीन दल तयार भए मात्र मोर्चाले आन्दोलनलाई स्थगित गर्न सक्ने उहाँको भनाइ थियो ।
उहाँले कुनै एक दल विशेषको घोषणपत्र र मुखपत्र जस्तो संविधान नेपाली जनतालाई स्वीकार्य नहुने भन्दै सबै जातजातिको भविष्य सुनिश्चित हुने सविधान जारी हुनुपर्नेमा जोड दिनुभयो ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया