अर्थमन्त्री डा महतद्वारा उत्पादनमूलक कार्यक्रमतर्फ अघि बढ्न सुझाव
परासी, ६ चैत । अर्थमन्त्री डा रामशरण महतले नेपालमा जे पनि उत्पादन गर्न सकिने भएकाले उत्पादनमूलक कार्यक्रमतर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नवलपरासीको गैंडाकोटमा विजय विकास स्रोत केन्द्रले आजबाट सञ्चालन गरेको ‘अल्पविकसित मुलुकबाट स्तरोन्नति’ विषयक दुई दिवसीय राष्ट्रिय सेमिनारलाई सम्बोधन गर्दै मन्त्री महतले यस्तो विचार व्यक्तगर्नुभएको हो ।
अर्थमन्त्री डा महतले देशलाई उत्पादनशील गतिविधि अघि बढाउनुपर्ने विचार राख्दै उहाँले देश उत्पादन गतिविधिबाट मात्र माथि उठ्न सक्ने बताउनुभयो ।
उत्पादनशील गतिविधिले समग्र देशको आर्थिक स्थितिमा सुधार ल्याउने दाबी गर्दै मन्त्री महतले यसका लागि सबै नेपाली उत्पादनशील गतिविधिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
देशको प्राथमिक एजेन्डाका रुपमा आएको एलडिसी ग्य्राजुएसनको प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले आयोजित राष्ट्रियस्तरको दुई दिवसीय सेमिनारमा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ ।
सेमिनारमा नेपाल सरकार, राष्ट्रिय योजना आयोगको सक्रियतामा नेपाल सरकारले हालैमात्र अल्पविकसित मुलुकबाट विकासशील मुलुकका रुपमा स्तरोन्नति गर्न बनाइएको कार्यक्रमको विषयमा छलफल भइरहेको छ । कार्यक्रम शनिबारसम्म चल्ने छ ।
नेपाल सरकार, राष्ट्रिय योजना आयोगको सक्रियतामा नेपाल सरकारले हालैमात्र सन् २०२२ मा अल्पविकसित मुलुकबाट विकासशील मुलुकका रुपमा स्तरोन्नति हुने गरेको घोषणा गरिसकेको छ ।
विजय विकास स्रोत केन्द्रले देशको प्राथमिक एजेन्डाका रुपमा आएको अल्पविकसित मुलुकबाट विकासशील मुलुकका रुपमा स्तरोन्नति गर्ने प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले राष्ट्रियस्तरको सेमिनार सञ्चालन गरेको हो ।
प्रतिक्रिया