सहमतिबिना संविधान निर्माण सम्भव छैन: श्रेष्ठ
इनेप्लिज
२०७१ चैत ६ गते ११:१२ मा प्रकाशित
पथरी (मोरङ), ६ चैत । एकीकृत नेकपा (एमाओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतिबिना संविधान निर्माण गर्ने कुरा कहिल्यै पूरा हुन नसक्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्री दललाई बाहिर राखेर संविधान जारी हुन सक्दैन भन्नुभयो ।
प्रतिक्रिया