मोरङ (पथरी), ६ चैत । विराटनगर–१० स्थित गायत्री संस्कृत माध्यामिक विद्यालयमा ३१ जना मुस्लिम समुदायका विद्यार्थीले संस्कृत पढिरहेका छन् ।
सो विद्यालयमा अध्ययनरत ४३७ विद्यार्थीमध्ये ३१ जना मुस्लिम समुदायका बालबालिका रहेका छन् ।
विद्यालयले निःशुल्करुपमा पढाउने भएपछि विराटनगर–१० मा बसोबास गर्दै आएका मुस्लिम समुदायका बालबालिकाका संस्कृत शिक्षातर्फ आकर्षित भएको विद्यालयका शिक्षक चक्रपाणी उपाध्यायले बताउनुभयो ।
सो विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म २०० पूर्णाङ्कको संस्कृत भाषा र साहित्य पढाइ हुने गरेको छ ।
अध्ययन शुल्क र पाठ्यपुस्तक निःशुल्क पाउने भएकाले पनि सीमान्तकृत समुदायलाई स्कुलको पढाइले आकर्र्षित गरेको हुनसक्ने शिक्षक उपाध्यायको भनाइ छ ।
प्रतिक्रिया