शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १६:५६
वासिङटन डिसी 06:11

अमेरिकी सभासदका उम्मेद्वार तिवारी अन्तरपार्टीबाट निर्विरोध हुने सम्भावना

इनेप्लिज २०७१ चैत ६ गते ०:०२ मा प्रकाशित

jiwan-tiwariडेमोक्र्याटिक दलको तर्फबाट हालसम्म उक्त क्षेत्रका लागि तिवारी बाहेक कसैले पनि उम्मेदवारी दिएका छैनन् । त्यसकारण डेमोक्र्याटिक पार्टीका उम्मेदवार तिवारी प्राथमिक चरणको निर्वाचनमा पार्टीको तर्फबाट निर्बिरोध हुने प्रवल सम्भावना बढेर आएको छ ।

आगामी मार्च २१ र २२ तारिख डिसी महानगर क्षेत्रमा एनआरएन अमेरिकाको तेश्रो अधिवेसन हुने भएको कारण औपचारिक घोषणा ढिला हुन गएको बताउँदै तिवारीले त्यसपछि औपचारिक उम्मेदवारी घोषणा गर्ने भएका छन् । सबै नेपाली समुदायको साथ लिँदै घोषणा गर्ने योजना रहेको बताउँदै नेपाली समुदायबाट आफूले पूर्ण सहयोग प्राप्त गर्ने आशा रहेको तिवारी बताउँछन् ।

प्रतिक्रिया