तेक्वान्दो खेलाडी आज हङ्कङ जाँदै, खेलाडी सबै महिला
काठमाडौँ, ५ चैत । हङ्कङमा हुने ‘उन्नाइसौँ एसियन सिटिज् तेक्वान्दो च्याम्पियनसिप’मा भाग लिन जाने छ सदस्यीय टोली आजै राति त्यतातिर प्रस्थान गर्दैछ ।
यही ७ र ८ चैतमा हुने प्रतियोगिता खेल्न जाने टोलीका नेतामा नोर्बु लामा, प्रशिक्षकमा कुमार लामा घिसिङ तथा व्यवस्थापकमा मनोज खड्गी हुनुहुन्छ । खेलाडीमा मनिता शाही, अस्मिता खड्का र रेखमाया गुरुङ गरी तीनैजना महिला हुनुहुन्छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्यद्वय अर्जुन विक, बद्रीप्रसाद घिमिरे तथा वरिष्ठ प्रशिक्षक ध्रुवबहादुर गुरुङलगायतले खेलाडी तथा पदाधिकारीलाई खादा ओढाएर शुभकामना दिँदै बिदाइ गर्नुभयो ।
कार्यक्रममा अमेरिकामा रहेको ‘युनिभर्सल युनाइटेड नेप्लिज् तेक्वान्दो एसोसिएसन’का तर्फबाट सहभागीलाई ट्र्याकसुट प्रदान गरिएको थियो ।
प्रस्थान गर्नुअघि टोली नेता लामाले अन्तर्राष्ट्रिय स्पर्धामा खरो उत्रिसकेका राष्ट्रिय खेलाडीकै सहभागिता भएकाले स्वर्ण पदककै आशा राखेको बताउनुभयो ।
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
प्रतिक्रिया