प्यूठानमा बम विस्फोट हुँदा एकको मृत्यु
प्यूठान, ५ चैत । प्यूठानमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ओखरकोट–५ आहालखोलामा आज दिउँसो २ बजेपछि बम विस्फोट हुँदा स्थानीय ६५ वर्षीया नमाकुमारी पोख्रेलको मृत्यु भएको हो ।
घटनामा एक जनाको मृत्यु भए पनि अन्य क्षति नभएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो ।
जङ्गलबाट दाउरा लिएर घरतर्फ आउँदै गर्दा पोख्रेलको बारीमा विस्फोट भएको र उहाँको मृत्यु भएको स्थानीय हिमाल एमसीले बताउनुभयो ।
द्वन्द्वकालदेखि लगातार खेती गर्दै आएको बारीमा विस्फोट भएकाले घटनाका बारेमा अनुसन्धान सुरु भएको उपरीक्षक कार्कीले बताउनुभयो ।
खेती गर्दै गरेको र दैनिक हिँड्डुल गर्ने स्थानमा विष्फोट भएकाले घटना रहस्यमय भएको आफन्तहरुको भनाइ छ । विस्फोट हँुदा उहाँका परिवारमा वृद्ध दम्पत्ती मात्रै रहेको एमसीले बताउनुभयो ।
अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्, प्रहरी प्रमुख कार्की र जिल्लास्थित सरोकारवाला निकाय जाँदै हुनुहुन्छ ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया