जवर्जस्ती करणी गर्ने पक्राउ

इनेप्लिज २०७१ चैत ५ गते ९:२७ मा प्रकाशित

rape4पोखरा, ५ चैत । आफू रहेकै विद्यालयकी एक छात्रालाई जर्वजस्ती करणी गरेको अभियोगमा कास्कीको लुम्ले गाविस–६ का ६२ वर्षीय डिलबहादुर गुरुङ घर्तीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज पक्राउ गरेको छ ।

अभियुक्तले सो ठाउँमा रहेको सिद्धसिंहमा ‘वि’ को कक्षा ९ मा अध्ययनरत एक १६ वर्षीया छात्रालाई विभिन्न प्रलोभनमा पारी छ महिनादेखि जवर्जस्ती करणी गरी गर्भवतीसमेत बनाएको प्रहरीले जनाएको छ ।

अभियुक्तलाई जवर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ । उनी उक्त विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् ।

प्रतिक्रिया