संविधानसभामा अनुभवी नेताको जमघट भए पनि संविधान जारी हुन नसक्नु दुर्भाग्य: पूर्वप्रम थापा
काठमाडौँ, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाले सबै राजनीतिक दल एक ठाउँमा उभिएर संविधान जारी गर्ने मिति तोक्ने र बाँकी कामको यथाशक्य छिटो कार्यसूची बनाउने हो भने विश्वासको वातावरण बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।
आफ्नो ८८औँ जन्मोत्सवको उपलक्ष्यमा आज आयोजना गर्नुभएको पत्रकार भेटघाटमा उहाँले संविधान निर्माणमा जुट्नुको साटो एकले अर्कालाई दोषारोपण गर्दैमा अब जनताले चित्त बुझाउने अवस्था नरहेको टिप्पणी गर्नुभयो ।
पूर्वप्रधानमन्त्री थापाले भन्नुभयो, “संविधान लेख्न नसक्नुको दोष हामी सबैले लिनुपर्छ, जनतासमक्ष बाचा गरेअनुरुप संविधान दिने काममा अहिलेसम्म असफल हुँदै आएका छौँ, जनतामा अहिले बिल्कुल असन्तोष र निराशा छाएको अवस्था छ ।”
‘‘मुलुकमा राजनीतिक परिवर्तनको आन्दोलनमा ठूलो योगदान दिएका, युद्ध लडेका दक्ष र अनुभवी नेताको संविधानसभामा जमघट भए पनि दुईपटक संविधानसभाको निर्वाचन हुँदासमेत संविधान जारी गर्न नसक्नु दुर्भाग्य हो’’ उहाँले भन्नुभयो ।
महिला, आदिवासी जनजाति, दलित र पछि परेका समुदायको मागलाई सम्बोधन गर्दै समाजमा उपलब्ध साधन स्रोतमा आपसमा समानता र समान व्यवहार भएको महसुस नभएसम्म राजनीति दलका नेताहरु मिल्दैमा समस्या समाधानमा कठिनाइ हुने तर्क गर्दै पूर्वप्रधानमन्त्री थापाले ‘‘यो विषयमा केन्द्रित गरेर समाजका सबै पक्षलाई समान हकदार नबनाएमा आर्थिक र राजनीतिक सुधार गर्न सकिँदैन, स्थिति अझ बिग्रन सक्छ’’ भन्नुभयो ।
सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “भिन्न आदर्श र सिद्धान्त बोकेका राप्रपा र राप्रपा नेपालबीचको एकीकरणको एउटा पक्षले सिद्धान्त नछोडेसम्म सम्भव छैन, अहिले त्यो छोडिहाल्ने अवस्थामा कोही पनि देखिएको छैन ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
फ़ाइजरको तेश्रो खोप १२ महिना भित्र लगाउनु पर्ने संभाव्यता : प्रमुख कार्यकारी अधिकारी
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
प्रतिक्रिया