काठमाडौँ, ५ चैत । खाद्यान्न त परै जाओस् ! मठमन्दिरमा देउतालाई चढाउने पूmलसमेत आयात गर्नु नेपालीका लागि अहिले रहर नभई बाध्यता भएको छ ।
विश्वमा मन्दिरै मन्दिरको देशको नामले चिनिन्छ नेपाल । मन्दिरमा पूजापाठ गर्न फूल चाहिन्छ । सोही फूलसमेत नेपालीले आफ्ना लागि पर्याप्तमात्रामा उत्पादन गर्न नसक्दा आयातमा निर्भर हुनुपरेको हो ।
एकपटक प्रयोग गरिसकेपछि पुनःप्रयोग गर्न खरिद गर्नुपर्ने पूmल नेपाली संस्कारमा मानिस जन्मिएदेखि मृत्युसम्मका विभिन्न संस्कारहरुमा फूलको आवश्यकता पर्दछ ।
यस वर्ष नेपालले भारतबाट रु चार करोड मूल्यबराबरका फूल आयात गरेको छ । तिब्बत, मलेसिया, अमेरिका, थाइल्याण्डबाट नेपाली जातका फूलको माग भएको छ । तर उत्पादनको भरपुर सम्भावना भए पनि बढ्दो मागलाई ध्यान दिन सकिएको छैन ।
प्रशस्त जैविक विविधता बोकेको भूगोलका कारण थरीथरीका आकर्षक फूलखेती यहाँ गर्न सकिन्छ । तर पनि अन्य देशबाट फूल आयात गर्न हामी बाध्य छौँ ।
सानातिना उपलब्धिका प्रचारप्रसारमा नीति निर्माताहरु मख्ख भएपछि कृषिमा आमूल परिवर्तन गर्ने अभियानको लहर देख्नु दिवा सपना भएको छ यतिखेर । पुष्प व्यवसायले निर्यातको प्रचुर सम्भावना बोकेको छ । तर, कामभन्दा कुरा धेरै गर्ने नीति निर्माताहरुको अदूरदृष्टिका कारण आयात प्रतिस्थापन गर्न नसकिएको पुष्प व्यवसायी कुमार कसजूको भनाइ छ ।
नेपालमा फूलखेती व्यावसायिक ढङ्गले सुरुवात भएको २२ वर्ष पुगिसक्दा पनि पुष्प व्यवसायको परनिर्भरता शून्यमा झर्न सकेको छैन ।
भूमिमाथिको द्ववैध स्वामित्वको अन्त भएको छैन । सीमित व्यक्तिका हातमा प्रचुर जमिन छ । पर्याप्त जमिन भएकाले बाझै राख्ने चलन त छँदैछ तर सरकार भूमि बाँझो राख्नेलाई कानुनका दायरमा ल्याउन सक्दैन । त्यसो भएकै कारण फूलमा समेत परनिर्भरता बढेको हो ।
युवा वर्ग विदेशै ताक्छन् । किनकी गरिखाने वर्ग जो युवा हो सोही समूहकै हातमा जमिन नभएपछि कृषिको कसरी व्यावसायीकरण होला भन्नुहुन्छ, कृषि विज्ञ राजेन्द्र उप्रेती ।
केही वर्ष पहिले नेपालमा जग्गा अधियाँ र बटिया कमाउन दिनेको सङ्ख्या ४१ प्रतिशतभन्दा बढी थियो । उनीहरुले जसोतसो परम्परागत रुपमा भए पनि जमिन जोतेकै थिए । तर मोहियानी हकको विधिवत् अन्त भए पनि जमिन हुनेलाई अझै मोहियानी हकको भूतले तर्साउन छोडेको छैन । जमिन हुने वर्ग धमाधम आफ्नो जग्गालाई घडेरीकरणमा रुपान्तरण गर्दैछन् । जसका कारण कृषिको विविधीकरण गर्न नसकिएको सहजै अनुमान लगाउन सकिन्छ ।
कृषिको आधुनिकीकरण, व्यवसायीकरण त छँदैछ तर विविधीकरणको ज्वलन्त उदाहरण पुष्प व्यवसाय पनि एक हो । वार्षिक रु एक अर्ब २७ करोड ७५ लाखको कारोबार हुने पुष्प व्यवसायबाट हाल ४१ हजार व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगार पाएका छन् भन्नुहुन्छ फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष लोकनाथ गैरे ।
सन् १९५० बाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय हाल ३८ जिल्लामा करिब ६७५ पुष्प फार्म तथा नर्सरी बिस्तार भइसकेको छ । दुई हजार ८२० रोपनी जमिनमा व्यावसायिक खेती विस्तार भएको छ ।
आर्थिक वर्ष २०७०÷७१ मा सिजनल पूmल बिरुवातर्फ रु २१ करोड ६८ लाख, आलङ्कारिक बोट बिरुवातर्फ रु ३८ करोड १५ लाख, कट फ्लावर्सतर्फ रु २० करोड ४५ लाख, ल्याण्डस्केप तथा गार्डेनिङ्गतर्फ रु १७ करोड चार लाख, खुल्ला फूलतर्फ रु छ करोड ७० लाख, सामग्री आपूर्तितर्फ रु १२ करोड ४० लाख, अन्यतर्फ रु आठ करोड ३३ लाख र निर्याततर्फ रु तीन करोड गरी रु एक अर्ब २७ करोड ७५ लाखको कारोबार भएको छ ।
प्रचुर सम्भावना बोकेको पुष्प व्यवसायका लागि सरकारले ‘पुष्प प्रवद्र्धन नीति २०६९’ जारी गरी पुष्प प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको छ । आर्थिक वर्ष २०७१÷७२ बाट पुष्प व्यवसाय प्रवद्र्धनका लागि रु एक करोड बजेट विनियोजनसमेत गरेको छ ।
प्रतिक्रिया