शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं २२:४७
वासिङटन डिसी 12:02

वार्ताका लागि लचिलो भएर पर्खिरहेका छौँ : पाण्डे

इनेप्लिज २०७१ चैत ४ गते १४:४७ मा प्रकाशित

surendra-pandeyसुरुङ्गा (झापा), ४ चैत । नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले आगामी जेठ १५ भित्र संविधान जारी नभए यो संविधानसभाले पनि संविधान जारी गर्न नसक्ने बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एकीकृत नेकपा(माओवादी)ले सडकबाट संविधान बनाउने कुरा गरेर संविधानसभालाई असफल बनाउन खोजेको आरोप लगाउनुभयो ।

सहमति नभए प्रक्रियाबाटै भए पनि संविधान जारी गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले एमाले र नेपाली काँग्रेसले सहमतिका लागि लचिलो भएर संविधान निर्माणका लागि विपक्षीलाई पर्खिरहेको बताउनुभयो ।

प्रतिक्रिया