मंगलबार, मंसिर ९ २०७७
काठमाडौं २०:१२
वासिङटन डिसी 09:27

एमाओवादी मोर्चाबन्दीमै अल्मलियोः अध्यक्ष थापा

इनेप्लिज २०७१ चैत ४ गते ६:२३ मा प्रकाशित

kamal-thapaलक्ष्मी काफ्ले
झापा, ४ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशले संविधान पाउन नसक्नुमा महत्वपूर्ण कारणहरु रहेको बताउनुभएको छ । यद्दपि थापाले ती सबै कारणहरु खुलाउन भने चाहनुभएन ।

झापाको बिर्तामोडमा भर्खरै पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले संविधान कहिले बन्छ भनेर प्रश्नचिन्ह अझै खडा भइरहेको बताउनुभयो । उहाँले चुनावको पराजयका कारण असुरक्षित महसूस गर्दै एमाओवादी मोर्चाबन्दीमै अल्मलिएको टिप्पणी गर्नुभयो ।
यतिबेला पूर्वका तीन जिल्ला र पश्चिमका दुई जिल्लाको बारेमा चर्को रडाको मच्चाउने काम भइरहेको बताउँदै अध्यक्ष थापाले बाह्य शक्तिको अभिप्रेरणा र दलका नेताको व्यक्तिगत स्वार्थका कारण यस्तो भएको धारणा राख्नुभयो ।

संविधान कहिले बन्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताउनुभएका थापाले रिमोटको इसारामा कुनै पनि दिन सहमति हुन पनि सक्ने बताउनुभयो । अध्यक्ष थापाले ०६२ मा भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारी नै अहिलेको गतिरोधको मुख्य जड भएको दावी गर्नुभयो ।

राप्रपा नेपाल मात्र बैचारिक प्रतिपक्षा भएको बताउनुभएका थापाले अहिलेको गतिरोध अन्त्य गर्न २ वा ३ दलले मात्र नभएर सर्वदलीय बैठक बस्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष थापाले अहिलेको राजनीतिक संकटबाट मुक्त तुल्याउन राप्रपा नेपालले राप्रपासँग एकताको प्रक्रिया आरम्भ गरेको र वार्ता टोली गठन भएर कुराकानी समेत सुरु भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया