बालिका बलात्कारका आरोपित कारागार चलान
रत्ननगर (चितवन), ४ चैत । चितवनमा १० वर्षीया बालिका बलात्कारमा आरोपित भण्डाराका एक व्यक्तिलाई कारागार चलान गरिएको छ ।
बुधबार छुनछेक बहसपछि जिल्ला अदालत चितवनले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
कारागार चलान हुनेमा भण्डाराका स्थानीय मुकुन्द हुमागाईं रहेको जिल्ला अदालत चितवनका नायब सुब्बा जयनारायण आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार अदालती बन्दोबस्ती ११८ को दफा २ बमोजिम उनी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
थुनछेकको बहसमा जाहेरीकातर्फबाट अधिवक्ता फुलमायाँ रानाभाट, सरकारकातर्फबाट जिल्ला न्यायाधिवक्ता अच्युत कुईंकेल र प्रतिवादीका तर्फबाट अधिवक्ता कमलराज पाठकले बहस गर्नुभएको थियो ।
बहसपछि अदालतले हिजो साँझ थुनामा राख्ने आदेश दिएको आचार्यले जानकारी दिनुभयो । सो घटनाका विषयमा महिला अधिकारकर्मीले प्रहरीलाई निष्पक्ष छानबिनका लागि दबाब दिँदै आएका थिए ।
गएको फागुन ७ गते १० वर्षीया ती बालिकाको घरमै पुगेर हुमागाईंले बलात्कार गरेको उनका परिवारले आरोप लगाएको छ । परिवारले नै देखेपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको बताइएको छ ।
प्रहरीले फागुन ९ गते उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया