आफन्त नभएका मात्रै एसएलसी केन्द्राध्यक्ष
बलेवा (बागलुङ), ४ चैत । ‘नेपालमा नातावाद र कृपावादको संस्कार छ’ भन्ने कुरालाई जिल्ला शिक्षा कार्यालय बागलुङले तोडिदिएको छ ।
चैत ५ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी)मा आफन्त परीक्षार्थी भएका व्यक्ति केन्द्राध्यक्ष हुन नपाउने व्यवस्था गरेर उक्त भनाइलाई तोडिदिएको हो ।
एसएलसी परीक्षा अमर्यादित भयो भनेर चौतर्फी आलोचना हुन थालेपछि उक्त आलोचना मेट्न आफन्त परीक्षार्थी नभएका केन्द्राध्यक्षको व्यवस्था गरेको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले बताउनुभयो ।
जिल्लाका सात हजार ३३३ विद्यार्थीका लागि ३० केन्द्रमार्फत परीक्षा दिने व्यवस्था मिलाइएको छ । बागलुङबाट नियमिततर्फका पाँच हजार १२१ र ऐक्जाम्टेडतर्फका दुई हजार २१२ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । “जिल्लाका ३० वटै परीक्षा केन्द्रमा कुनै पनि केन्द्राध्यक्षका आफन्त परीक्षामा सहभागी छैनन्,” तिवारीले भन्नुभयो, “यदि आफन्त भएको फेला परेमा अर्कै केन्द्राध्यक्षको व्यवस्था गरिने छ ।” यसबाट परीक्षाको मर्यादामा थप टेवा पुग्ने तिवारीको भनाइ छ ।
परीक्षालाई व्यवस्थित, मर्यादित, निष्पक्ष र भयरहित बनाउन सरोकारवालासँग अपिलसहित २२बुँदे आचारसंहिता पनि जारी गरेको तिवारीले बताउनुभयो ।
कार्यालयले जारी गरेको आचारसंहितामा विद्यार्थीले चिट चोर्न नपाउनेदेखि आफन्तले परीक्षा दिँदै गरेको केन्द्रमा केन्द्राध्यक्ष तथा निरीक्षक नै बस्न नपाउने व्यवस्था गरिएको छ ।
विगत वर्षदेखिन नै होमसेन्टर खारेज गरेको कार्यालयले यसपल्ट सदरमुकाममा चार र विभिन्न गाउँमा २६ गरी ३० परीक्षा केन्द्र कायम गरेको छ ।
परीक्षा सञ्चालनका लागि ३० जना केन्द्राध्यक्ष, ३२ जना सहायक केन्द्राध्यक्ष, २९५ निरीक्षक र ९६ जना सहयोगी कर्मचारी र ३०० सुरक्षाकर्मीको व्यवस्थापन गरेको कार्यालयले जनाएको छ ।
यस पटकको परीक्षामा जिल्लाको नारायणस्थानमा रहेको जनताधन उच्च माविबाट एक जना दृष्टिविहीन विद्यार्थीसमेत सहभागी बन्ने छन् । यस्तै जिल्लाका तीन विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने ९४ जना विद्यार्थी परीक्षामा सहभागी बन्ने कार्यालयका अधिकृत लोकनाथ आचार्यले बताउनुभयो ।
कार्यालयले जिल्लाका सबै केन्द्रमा प्रश्नपत्र तथा उत्तरपुस्तिका पुगिसकेकोे जनाएको छ ।
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया