शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १४:१५
वासिङटन डिसी 03:30

प्रवेशिका परीक्षा दिँदै आमा–हजुरआमा

इनेप्लिज २०७१ चैत ३ गते १०:०१ मा प्रकाशित

Rss_Images_1426585991439_RG -BKT- SLCमध्यपुरथिमी नगरपालिका– १५ गठ्ठाघरमा रहेको आस्था महिला विद्यालयबाट केही आमा हजुरआमा यही चैत ५ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षाको तयारीमा व्यस्त छन् । काभ्रे घर भई हाल गठ्ठाघर बस्दै आउनुभएकी सुभद्रा खड्का हजुरआमा भइसक्नुभएको छ । कक्षा ६ सम्म गाउँमै पढेपछि छुटेको पढाइलाई छ वर्षअघि आस्थाबाटै निरन्तरता दिँदै उहाँ यस वर्ष प्रवेशिका परीक्षाको तयारीमा जुट्नुभएको छ ।

उहाँले भन्नुभयो,“जीवनमा यो अवसर पनि आउला भन्ने सोचेकै थिइन ।” तीन छोराकी आमा र एक नातिनीकी हजुरआमा खड्का भन्नुहुन्छ—“छुटेको पढाइलाई निरन्तरता दिएर एसएलसी दिउँला भन्ने सपना पूरा गर्ने अवसर आस्था महिला विद्यालयले जुराइदियो, अहिले परीक्षाकै तयारीमा छु, घरमा श्रीमान्देखि छोराहरुले समेत परीक्षालाई उत्तिकै सघाएका छन् ।” प्रवेशिका उत्तीर्ण गरेर कलेज पढ्ने धोको भएको बताउँदै उहाँले आमा हजुरआमाहरुले पनि पढेर समाजलाई प्रेरणा दिन सक्ने आत्मविश्वास पोख्नुभयो ।

प्रतिक्रिया