झरना बज्राचार्य विवाह बन्धनमा

इनेप्लिज २०७१ चैत ३ गते ६:२२ मा प्रकाशित

PM1-335x232

काठमाडौं, काठमाडौं ३ चैत । । नेपाली नायिका तथा मोडल झरना बज्राचार्यले आफ्ना प्रेमी राहुल अग्रवालसँग गत बिहिबार विवाह बन्धनमा बाँधिएकी छिन् ।

सितापाइलामा रहेको झरनाको घरमा निकै सिमित मानिसहरुका बीच उक्त विवाह सम्पन्न भएको बुझआफ्नो साढे तीन वर्षको प्रेमलाई विवाहमा परिणत गरेका यी नवविवाहित जोडी पहिलो पटक नेपाली फिल्म ‘सेफ ल्याण्डिङ’ बनाउने क्रममा भेटेका थिए । रेष्टुरेन्ट व्यवसायी राहुल भारतीय नागरिक हुन् र उनी क्वालालाम्पुरमा बस्छन् । औपचारिक विवाह पश्चात उक्त जोडीले आफ्ना परिवारजन र साथीहरुलाई काठमाडौंको सोल्टी होटलमा पार्टी दिएका थिए ।

नेपालमा नै हनिमुन मनाउने बिचार रहेको यो जोडी पोखराको होटल बाराहीमा बसेपश्चात् जोमसोम प्रस्थान गरेका छन् । विगत केहि वर्षदेखि कहिले काठमाडौं र कहिले क्वालालाम्पुर बस्दै आएकी झरनाले भर्खरै मलेसियाको क्वालालाम्पुरमा मेडिटेसन गरिरहेकी थिइन् । तस्बिरः लेक्स लिम्बु

प्रतिक्रिया