ठूला दलहरुको दम्भका कारण संविधान अन्योलमा: अध्यक्ष थापा
दमक, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ठूला राजनीतिक दलहरुको दम्भका कारण संविधान अन्योल बनेको धारणा राख्नु भएको छ ।
आज बिहान दमकका सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै अध्यक्ष थापाले संविधान लेखनमा देखिएको अवरोधले नयाँ संविधान निर्माणको प्रक्रियामा अन्योल देखापरेको बताउनुभयो ।
सत्तापक्षीय मोर्चाका नेताहरुले आगामी जेठ १५ गते संविधान जारी गर्ने बताइएको प्रसङ्गमा उहाँले त्यसप्रति पनि जनतामा विश्वास नरहेको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो–“कुनै दलहरु आन्दोलन लिएर सडकमा छन्, यस्तो असहज स्थितिमा संबिधान आउने अवस्था निकै सङ्कटमा छ ।”
संविधान लेखनमा देखिएको अवरोध हटाउन तीन विकल्प भएको चर्चा गर्नुहुँदै उहाँले यसका लागि दलहरुमा साझा प्रतिबद्धता आउनुपर्ने बताउनुभयो ।
एक प्रसङ्गमा नयाँ शक्ति निर्माणका लागि राप्रपा र राप्रपा नेपालबीच एकीकरणको अन्तिम तयारीमा पुगेको उल्लेख गर्नुभयो ।
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
एफडिएले अमेरिकामा जोन्सन एण्ड जोन्सन सहित कूल तीन खोप बनाउने प्रतिष्ठानलाई आपतकालीन प्रयोग गर्न खोपको स्वीकृत
प्रतिक्रिया