सक्रिय बन्दै सामुदायिक प्रहरी
भीमदत्तनगर, ३ चैत । सामुदायिक सेवा केन्द्रमा खटिएका प्रहरीले विधालय तथा घरदैलोमा पुगेर विभिन्न जनचेतनामूलक कार्यक्रमलाई सक्रियताका साथ अघि बढाएका छन् ।
सामुदायिक सेवा केन्द्रका प्रहरी नायब निरीक्षक दानसिंह भाटले केही समययता कञ्चनपुरको महेन्द्रनगर नगरक्षेत्र र सुडा गाविसमा गरी ५० भन्दा बढी विधालय तथा क्याम्पसमा लागुऔषध, ट्राफिक नियमलगायत विषयमा जनचेतनामूलक कार्यक्रम गरेको बताउनुभयो ।
“स्कुलमा लिएको कक्षाहरुमा निकै प्रभाव परेको छ”–प्रहरी नायब निरीक्षक भाटले भन्नुभयो । महेन्द्रनगर सेवा केन्द्रको जिम्मेवारी सम्हाल्नुअघि पनि रुकुममा सोही अनुभव गर्नुभएका भाटले महेन्द्रनगरमा पनि सामुदायिक प्रहरी र नागरिकबीच राम्रो समन्वय भइरहेको जानकारी दिनुभयो । “सुरुमा प्रहरी घरमा किन आयो भनेर सर्वसाधारण डराउँथे ” अब यसलाई सहज रुपमा लिन थालिएको छ ।
वि.स.२०५७ मा स्थापना भएको सामुदायिक सेवा केन्द्रले घरदैलो कार्यक्रममा महिला हिंसामा पनि सचेत गर्न थालेपछि नगर क्षेत्रमा त्यसप्रकारका घटनामा पनि कमी आएको छ । अहिले नागरिक हरेक कुरामा निकै सचेत बन्दै गएका छन् ।
महेन्द्रनगरमा झन्डै डेढ सयभन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेको विगतको प्रहरीको तथ्याङ्कमा केही कम भएको समेत साुमदायिक सेवा केन्द्रले जनाएको छ ।
एनआरएनएमा सुवेदीको उम्मेदवारी
एसियन अमेरिकन माथि आक्रमण भएको बिरोधमा न्यूयोर्कमा जुलुस प्रदर्शन
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
प्रतिक्रिया