सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०१:०२
वासिङटन डिसी 14:17

संविधानको विवादित विषयमा चाँडै सहमति हुने: मन्त्री आचार्य

इनेप्लिज २०७१ चैत २ गते १२:१० मा प्रकाशित

Mahesh Acharyaविराटनगर, २ चैत । वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले संविधानसभालाई धेरै दिन स्थगित राख्नु उपयुक्त नभएकाले वार्ता सँगसँगै प्रक्रिया पनि सुरु हुने बताउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले सरकार वार्ता र सहमतिबाटै संविधान बनाउन क्रियाशील रहेको स्पष्ट पार्नुभयो ।

राजनीतिक दलहरुबीच वार्ताको माध्यमबाट सहमति खोज्न मात्र संविधानसभा स्थगित गरिएको उल्लेख गर्दै मन्त्री आचार्यले संविधानसभा सुचारु गर्ने अधिकार सभाध्यक्षको भएकाले राजनीतिक दलहरुको परामर्शमा स्थगित संविधानसभा चाँडै सुचारु हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संविधानसभामा छलफल गरेर सहमतिमा पुग्न सकिने स्थिति हुदाँहुदै आन्दोलन गर्नुको औचित्य नभएको र वार्ताको क्रममा भएको उतारचढावबाट विचलित नभई गम्भीर भएर सोच्न प्रतिपक्षलाई आग्रह गर्नुभयो ।

एकीकृत नेकपा (माओवादी) लगायतका दलहरुसँग वार्ता भईरहेको जानकारी दिँदै मन्त्री आचार्यले अहिले सङ्घीयताभन्दा पनि पूर्वको तीन र पश्चिमको दुई जिल्लाको विषयमा मात्र विवाद रहेकोले चाँडै नै सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया