बसको ठक्करबाट दुईको मृत्यु
इनेप्लिज
२०७१ चैत २ गते ५:०६ मा प्रकाशित
विराटनगर, २ चैत । यात्रुवाहक बसको ठक्करबाट आइतबार साँझ दुई महिलाको मृत्यु भएको छ ।
डाइनिया–२ को काजीपार बस्ने ६५ वर्षीया जानकीदेवी साह र १५ वर्षीया बुधनीदेवी साहको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । डाइनियाबाट पथरी जाँदै गरेको को१ख २१५१ नंको बसले काजीपारमा मोटरसाइकललाई जोगाउने क्रममा सडक किनारमा बसेकी ती दुई महिलालाई बसले ठक्कर दिएपछि सो घटना भएको हो ।
जानकीदेवी साहको काखमा रहेकी छ महिनाकी बालिकासमेत घाइते भएको र उनको हात भाँचिएको बताइएको छ । बससहित चालक प्रहरीको नियन्त्रणमा छन् ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया