वार्ताका नाममा समय कटाउने खेल भयो: ज्ञवाली
बलेवा (बागलुङ), २ चैत । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले एकीकृत नेकपा(माओवादी) नेतृत्वको मोर्चाले वार्ताका नाममा समय कटाउने काम गरेको आरोप लगाउनुभएको छ ।
बागलुङ क्षेत्र नं १ मा यही चैत २८ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्तापछि एमाले बागलुङले आयोजना गरेको सभामा नेता ज्ञवालीले वार्ता र संवादको बहानामा संविधानसभाको बैठक लामो समयसम्म स्थगन गर्न नसकिने बताउँदै सहमतिमा सम्भव नभए प्रक्रियामै गएर भए पनि सङ्घीय लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने बताउनुभयो ।
“राष्ट्रिय राजनीतिमा एकले अर्काको अस्तित्व स्वीकार नगर्ने गलत संस्कारको विकास भएको छ”–उहाँले भन्नुभयो–“हरेक पार्टीले आफ्ना पार्टीगत एजेन्डा जबर्जस्ती लाद्न खोज्दा देश नै अनिर्णयमा फसेको छ ।” सांविधानसभाबाट संविधान जारी हुनु हँुदैन भन्ने शक्ति र ढिला गरी जारी भए पनि हुन्छ भन्ने मानसिकताको विकास भएको शक्तिका कारण संविधान निर्माणको प्रक्रिया अवरुद्ध भएको विचार उहाँले व्यक्त गर्नुभयो ।
सबै जाति, भाषा, धर्म, भूगोल र वर्ग मिलेको सप्तरङ्गी सङ्घीय संविधानका पक्षमा आफूहरु रहेको उहाँले स्पष्ट गर्नुभयो । उहाँले हाल घरेलु तथा सामाजिक हिंसा बढिरहेकाले महिला अधिकार, समानता र सशक्तीकरणका लागि पनि पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया