जनमतको कदर गर्न एमाले प्रमुख सचेतक खरेलको आग्रह
इनेप्लिज
२०७१ चैत १ गते १४:५० मा प्रकाशित
सुरुङ्गा (झापा), १ चैत । नेकपा (एमाले) का प्रमुख सचेतक अग्नि खरेलले केही दिनमै सहमतीय प्रक्रिया अघि बढेर संविधान निर्माणमा सहजता आउने बताउनुभएको छ ।
सताक्षी प्रेस क्लबले आज झापाको दुधेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आन्दोलनरत दलले संविधान बनाउन नचाहेकाले वार्ता र संवादमा ढिलाइ भइरहेको आरोप लगाउनुभयो ।
संविधान निर्माण प्रक्रियामा सबैको चित्त बुझाउन नसकिने भएकाले सहमति नभए प्रक्रियामा गएर भएपनि संविधान जारी गर्ने पक्षमा एमाले उभिएको उहाँको भनाइ थियो ।
सरकार परिवर्तन गरेर संविधान निर्माण हुन नसक्ने बताउँदै संविधानका मूलभूत विषयवस्तुलाई टुङ्ग्याउन साझा सरकार निर्माणका लागि अघि बढ्न एमालेले अन्य राजनीतिक दलहरुसँग छलफल गरिरहेको जानकारी गराउनुभयो ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया