ब्राजिलमा बस दुर्घटनामा ४२ को मृत्यु
रियो डि जेनेरियो, १ चैत । ब्राजिलमा शनिबार भएको बस दुर्घटनामा परी कम्तीमा पनि ४२ जना यात्रुको ज्यान गएको समाचार छ ।
बस एउटा साँघुरो गल्लीबाट तल खस्दा भएको यस दुर्घटनामा परी ती यात्रुको ज्यान गएको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो दुर्घटनाबाट अरु कयौँ घाइते भएका छन् ।
पर्यटक बोकेर हिँडेको एउटा बस साँघुरो गल्लीमा खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घाइतेको उद्वार गरिएको पनि जानकारी गराएको छ ।
सुरुमा सो दुर्घटनामा परी मृत्यु भएका ३० मात्र यात्रुको शव निकालिएको थियो । उद्वारकै क्रममा थप शव भेटिएको समाचारमा जनाइएको छ ।
दक्षिणी ब्राजिलको सान्ता क्याटारिना राज्यमा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनास्थल अत्यन्तै बिकट रहेकोले उद्वारको काम पनि निकै गाह्रो भएको बताइएको छ ।
सो बस कम्तीमा पनि ४०० मीटर गहिरो गल्छीमा खसेको उद्वारमा खटिएको प्रहरीले जानकारी दिएको छ । घाइतेको उद्वार अझैपनि जारी रहेको छ ।
प्रहरीकाअनुसार घाइतेमध्ये तीन जना बालबालिकाको उपचारकै क्रममा अस्पतालमा ज्यान गएको छ । घाइतेलाई पनि निकै क्षतविक्षत अवस्थामा उद्वार गरिएको छ ।
उक्त बसमा ५० जना यात्रु रहेको अनुमान गरिएको छ । तर अधिकारीहरुले भने उक्त बसमा अरुपनि धेरै यात्रु रहेको अनुमान गरेका छन् ।
उक्त बस डोना फ्रान्सिस्का पहाड नजिकै पुगेर दुर्घटनाग्रस्त बनेको थियो । सो पहाड पर्यटकको एक आकर्षणको केन्द्र हो । सोही पहाडको दृश्यावलोकनका लागि पर्यटकहरु त्यसतर्फ गइरहेका थिए ।
उक्त क्षेत्र निकै अप्ठेरो स्थानमा रहेकोले यसअघि पनि त्यस पहाडको दृश्यावलोकनका लागि जाने गरेका सवारी साधनहरु दुर्घटनामा पर्ने गरेका बताइन्छ ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया