कार्यकर्ताले साथ दिए सभापतिमा लड्छु: डा शशाङ्क
पाँचथर, १ चैत । नेपाली काँग्रेसका नेता डा शशाङ्क कोइरालाले आफूलाई कार्यकर्ताले साथ दिने भए पार्टीको सभापतिका लागि लड्न तयार हुने बताउनुभएको छ ।
बिपी चिन्तन प्रतिष्ठान पाँचथरको यासोकमा हुने दुईदिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन पाँचथर आउनु भएका कोइरालाले आज बिहान पार्टी कार्यालय फिदिममा पत्रकार तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कार्यकर्ताले साथ दिए सभापतिका लागि लड्ने बताउनुभएको हो ।
अहिले पनि सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको ६० र ४० को कार्यकर्ता रहेका अवस्थामा नयाँ व्यक्ति सभापतिमा आउनुपर्ने उहाँको भनाइ थियो ।
नेता कोइरालाले अन्तिम समयसम्म पनि एमाओवादीलाई पर्खेर सहमतिमा संविधान निर्माण गरिने ,नभए प्रक्रियाबाट भए पनि लोकतान्त्रिक संविधान दिने दाबी गर्नुभयो ।
अहिले पनि सङ्घीयताका विषयमा अस्पष्टताका कारण सहमति हुन नसकिरहेको बताउँदै उहाँले अब जनतालाई धेरै दिन ढाट्न नहुने उल्लेख गर्नुभयो ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
फ़ाइजरको तेश्रो खोप १२ महिना भित्र लगाउनु पर्ने संभाव्यता : प्रमुख कार्यकारी अधिकारी
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
प्रतिक्रिया