डोजर दुर्घटनामा दुईको मृत्यु
इनेप्लिज
२०७१ चैत १ गते २:५४ मा प्रकाशित
म्याग्दी, १ चैत । पश्चिम निस्कोट गाविसमा मोटरबाटो खन्दै गरेको डोजर शनिबार दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।
निस्कोट–३ छिसमा मोटरबाटो खन्दै गरेको डोजर सडकबाट करिब ८०० मि तल खस्दा सहयोगी ताकम–७ का कुलबहादुर पुन र निस्कोट–६ का दीपेन्द्र पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।
डोजरसँगै खसेर च्यापिएका चालक ताकम–५ का बालकृष्ण खत्री भने गम्भीर घाइते भएको घटनास्थल पुगेका प्रहरी निरीक्षक पूर्णबहादुर थापाले जानकारी दिनुभयो । खुट्टा र टाउकामा गम्भीर चोट लागेका चालक खत्रीलाई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
उत्तर क्यारोलाइनाकी एक महिलाले कोरोना सहायता ऋणबाट गरगहना,हिरा र महङ्गा समान खरिद गर्दा अदालतमा
डिसीकी नगर प्रमुख म्युरिएल बाउजरकी दिदीको कोरोनाको जटिलताबाट निधन,मर्मस्पर्शी वक्तब्य
द्रुतगतिमा गाडी चलाएका टाइगर वुड्सको खुट्टामा फलामे डन्डी राखियो,वुडको स्वास्थ्यमा सुधार
जोन्सन एण्ड जोन्सनको कोभिड-१९ बिरुद्ध एकल खोपले गम्भीर कोरोनाको रोकथाम हुने : एफडिए
टाइगर वुडले द्रुतगतिमा गाडी चलाउदा दुर्घटना हुँदा बालबाल बचे ,दुवै खुट्टामा गम्भीर चोटपटक
प्रतिक्रिया