ट्रक खस्यो

इनेप्लिज २०७१ चैत १ गते २:५२ मा प्रकाशित

goisaikunda (7)धुन्चे(रसुवा), १ चैत । वा १ ख ९९९४ नंको आइचर कम्पनीको बिगे्रर राखिएको एक मिनीट्रक गए राति पासाङल्हामु राजमार्गको स्याफ्रु गाविसको खोपाङ भिरबाट करिब ३००मि तल त्रिशूली नदीमा खसेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक जीवन केसीका अनुसार रोकी राखिएको सो गाडी उच्छृङ्ल व्यक्तिले वा बिमा रकम दाबीका लागि गाडी पक्षधरले खसालेको हुन सक्छ । सोबारे यथार्थ तथ्य पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

गए राति करिब १०ः३० मा आएको आवाज सुनी सशस्त्र प्रहरीको एक टोली
सो क्षेत्रमा गएको थियो । त्यसबाट मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया