बेलायतको निर्वाचनमा मध्यबामपन्थी दल अगाडि रहेको अभिमत सर्वेक्षणको अनुमान
जेरुसेलम, ३० फागुन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका लिकुड पार्टीको प्रतिद्वन्द्वी मध्यबामपन्थी दलले आउँदो साता हुने निर्वाचनमा प्रायः स्थानमा विजय हासिल गर्ने अन्तिम अभिमत सर्वेक्षणले देखाएका छन् ।
निजी टेलिभिजन च्यानलले शुक्रबार राती सार्वजनिक गरेका दुई सर्वेक्षणमा जायनिस्ट युनियनले लुकुडभन्दा चार स्थान बढी प्राप्त गर्ने देखाएका छन् ।
च्यानल १० ले गरेको सर्वेक्षणमा लिकुडले २० स्थान प्राप्त गर्ने देखिएको छ भने जायनिस्ट युनियनले २४ स्थान प्राप्त गर्ने देखिएको छ । यसै गरी च्यानल २ ले गरेको सर्वेक्षणमा लिकुडले २२ स्थान प्राप्त गर्ने देखिएको छ भने जायनिस्ट युनियनले २६ स्थान प्राप्त गर्ने देखिएको छ ।
इजरायलमा मार्च १७ मा आम निर्वाचन हुनेभएको छ भने शुक्रबार अभिमत सर्वेक्षण प्रकाशन गर्ने अन्तिम दिन हो ।
यी सर्वेक्षणका नतिजाले अघिल्लो शुक्रबार प्रकाशित नतिजालाई नै उजागर गरेको छ । ती अभिमत सर्वेक्षणमा पनि जायनिस्ट युनियनले लिकुडभन्दा अधिक स्थान प्राप्त गर्ने देखाएका थिए ।
यस सर्वेक्षणमा इजरायलका प्रमुख अरब दलहरूको नयाँ गठबन्धन ज्वाइन्ट लिस्टले तेस्रो स्थान प्राप्त गर्ने र उनीहरूले १३ स्थान प्राप्त गर्ने देखाइएको छ ।
यसै गरी मध्यदक्षिणपन्थी यस एटिडले १२ स्थान प्राप्त गर्ने अनुमान गरिएको छ ।
निर्वाचनमा पछि परेपनि विश्लेषकहरूले जायनिस्ट युनियनका नेता आइज्याक हर्जगले भन्दा प्रधानमन्त्री नेतान्याहुले निर्वाचनपछि गठबन्धनको सरकार गठन गर्ने सम्भावना रहेको बताएका छन् ।
इजरायलमा सबैभन्दा ठूलो दलले नभई संसदीय बहुमत सिर्जना गर्नसक्ने दलका नेताले सरकार बनाउने चलन रहेको छ ।
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
प्रतिक्रिया