जाजरकोटको नायकवाडामा चट्याङ लागेर दिदीको मृत्यु, भाई घाइते

इनेप्लिज २०७१ फागुन ३० गते १५:१७ मा प्रकाशित

thunderstromeजाजरकोट, ३० फागुन । जाजरकोटको नायकवाडा गाविस–२ जिरीमा आज दिउँसो चट्याङ पर्दा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

चट्याङ लागेर नायकवाडा–२ जिरीकी १४ वर्षीया बालिका सीमाकुमारी रावतको घटनास्थलमै मृत्यु भएको छ भने उनका १२ वर्षीय भाई नवीन रावत गम्भीर घाइते भएका छन् ।

उनीहरु स्थानीय भगवती निम्न माध्यमिक विद्यालयमा क्रमशः ६ र ४ कक्षामा पढ्ने विद्यार्थी भएको शिक्षक खड्क रावतले जानकारी दिनुभयो । घाँस काटेर घर फर्कदै गर्दा उनीहरुलाई बाटोमा चट्याङ लागेको थियो ।

प्रतिक्रिया