नेपाल र चीनका सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने सहमति
काठमाडौँ, ३० फागुन । नेपाल र चीनका वरिष्ठ प्रहरी अधिकारीबीच दुई देशका सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि आपसी सहयोग विस्तार गर्ने सहमति भएको छ ।
चीन सरकारको मैत्रीपूर्ण निमन्त्रणामा कानुन कार्यान्वयन अध्ययनका सिलसिलामा चीन भ्रमणमा गएको नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल नेतृत्वकोे नौ सदस्यीय प्रतिनिधिमण्डल र चिनियाँ प्रहरी अधिकारीहरुबीच भएको छलफलमा पारस्परिक सहयोगको सहमति भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी महानिरीक्षक अर्यालसहितको प्रतिनिधि मण्डलले चीनको राजधानी बेइजिङ तथा ल्हासा र छेन्दु जस्ता स्थानको सद्भावना भम्रण गरी आज स्वदेश फिर्ता भएको छ ।
भ्रमणका क्रममा प्रहरी महानिरीक्षक अर्यालले बेइजिङस्थित सार्वजनिक सुरक्षा मन्त्रालयका उपमन्त्री छेन झिमिङ र तिब्बत स्वशासित क्षेत्र ल्हासाका कार्यकारी उपाध्यक्ष देङ जिआवोगाङ सँग भेटघाट गर्नुभएको थियो ।
प्रहरी महानिरीक्षक अर्याल र उच्च प्रहरी अधिकृतहरु यही फागुन २४ गते चीन प्रस्थान गर्नुभएकोे थियो ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया