बुधबार, मंसिर १७ २०७७
काठमाडौं १४:३९
वासिङटन डिसी 03:54

निर्माण व्यवसायीको माग पुरा गर्न प्रधानमन्त्री प्रतिवद्ध

इनेप्लिज २०७१ फागुन ३० गते १५:०२ मा प्रकाशित

sushil-koiralaकाठमाडौं, ३० फागुन । प्रधानमन्त्री शुसील कोइरालाले आफु निर्माण व्यवसायीको माग सम्बोधन गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउनुभएको छ ।

शनिवार प्रधानमन्त्री निवास वालुवाटारमा नेपाल निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझदै प्रधानमन्त्री कोइरालाले निर्माण व्यबसायीका प्रतिनिधिमण्डललाई सो विश्वास दिलाउनुभएको हो ।

निर्माण व्यवसायीहरूले रु दुई करोडसम्मको निर्माण कार्य खुल्ला गर्नुपर्ने, छ करोडसम्मको लागत अनुमानका निर्माण कार्यको पुर्व योग्यता कामय गर्नुपर्ने, निर्माण व्यवसायीहरूको वर्गिकरण, हेभि उपकरण आयात, मुल्य समायोजन, साना, प्याकेजिङ लगायतका समस्या समाधन गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

महासंघका अध्यक्ष शरदकुमार गौचन नेतृत्वमा निवर्तमान अध्यक्ष जयराम लामिछाने, उपाध्यक्ष रुद्र प्रसाद शर्मा, महासचिव रामशरण देउजा लगायतका पदाधिकारीले सरकार र महासंघबीच २०६६ साल मंसिर ४ गते भएको सहमति कार्यान्वयन गराउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया