डोजरलाई ढिस्कोले पुर्दा एक जनाको मृत्यु
इनेप्लिज
२०७१ फागुन ३० गते १४:५५ मा प्रकाशित
बाबियाचौर (म्याग्दी), ३० फागुन । म्याग्दीको निस्कोटमा आज साँझ डोजर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एकजना घाइते र एकजना बेपत्ता भएका छन् ।
निस्कोट–३ छिसमा सडक खनिरहेको डोजरलाई माथिबाट खसेको ढिस्कोले पुर्दा दुर्घटना भएको हो । घटनास्थलमा एकजनाको शव डोजरले च्यापिएको अवस्थामा भेटिएको छ । एक जना घाइते भएका छन् ।
एकजना सम्र्पकमा नरहेको घटनास्थलमा उद्धारमा खटिएका दरवाङका व्यवसायी गोपाल गौतमले बताउनुभयो । उहाँका अनुसार मृतक, घाइते र बेपत्ताको परिचय खुल्न सकेको छैन् । दुर्घटनामा परेको उक्त स्काइभेटर डोजर निर्माण व्यवसायी डोजेन्द्र फगामीको हो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली पठाइएको र विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया