मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०९:५०
वासिङटन डिसी 23:05

अबको वार्ता निर्णायक हुन्छ: नेता केसी

इनेप्लिज २०७१ फागुन ३० गते १४:५३ मा प्रकाशित

Arjun-Narsingh-KCचितवन, ३० फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एकीकृत नेकपा (माओवादी)सहितको ३० दलीय मोर्चासँगको वार्ता निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

नेपाल शिक्षक सङ्घ मध्यमाञ्चल क्षेत्रीय समन्वय समितिले चितवनको रत्ननगरमा आयोजना गरेको क्षेत्रीय भेलामा नेता केसीले अहिलेको वार्ता निर्णायक हुने उल्लेख गर्नु भयो ।

सत्ता साझेदार दलहरुले अधिकतम लचकता अपनाउने बताउँदै उहाँले यसमा पनि ३० दलीय मोर्चा सहमत नभए प्रक्रियाबाट संविधान जारी गरिने बताउनुभयो ।

कार्यक्रममा सभासद्हरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, उमेश श्रेष्ठ, नेपाली काँग्रेसकी नेत्री सावित्री बोगटी पाठक वर्तमान राजनीतिक अवस्थाका बारे बोल्नुभएको थियो ।

कार्यक्रममा मध्यमाञ्चल संयोजक सुदर्शन घिमिरेले भेलाद्वारा पारित ३३ बुद्धे चितवन घोषणापत्र सार्वजनिक गर्नुभएको थियो । घोषणापत्रमा शिक्षकको हक अधिकार सुनिश्चित गर्ने माग उल्लेख गरिएका छन् ।

हिजोबाट सुरु भएको भेलामा विभिन्न प्रतिवेदनमाथि छलफल भएको शिक्षक सङ्घ चितवनका अध्यक्ष ध्रुव पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया