मंगलबार, मंसिर १६ २०७७
काठमाडौं २३:०८
वासिङटन डिसी 12:23

मिचिगनमा योग बिज्ञान शिबीर सम्पन्न

इनेप्लिज २०७१ फागुन ३० गते १०:४३ मा प्रकाशित

yoga

अमेरिकाको मिचिगन राज्यको वाटरफोर्ड शहर स्थित एवरेस्ट तेक्वान्दो प्रशिक्षण केन्द्रमा मिचिगनमा रहेका नेपाली समुदायको पहलमा योग बिज्ञान शिबिर सम्पन्न भएको छ l

नेपालबाट आउनु भएका योग गुरु ललित शंकर योगी उक्त योग बिज्ञान शिबिरको प्रमुख प्रशिक्षकको रुपमा हुनु हुन्थ्यो l वहाले योग साधनाबाट स्वास्थ्य जीवन ,सुखमय जीवन र सफल जीवन जिउने कलाको बारेमा शिबिर संचालन गर्नु भएको थियो l

उक्त शिबिरमा योग गुरुले प्राणायाम र ध्यानका ब्यबहारिक पक्षहरुलाई प्रस्तुतु गर्दै खानपान आहार बिहार बारेमा मनै छुने प्रवचन समेत प्रस्तुत गर्नु भएको थियो l सहभागीहरुले अत्यन्तै उत्साह साथ सहभागी जनाएको योग बिज्ञान शिविरमा बच्चा ,युवा ,बृद्ध ,खेलाडी ,बुद्धिजीवी र सबै पेसामा संलग्न व्यक्तिहरुको उपस्थिति रहेको थियो l

अत्यन्तै सरल सहज प्रेम पूर्ण र आध्यात्मिक रुपमा देखिनु भएका योग गुरुले भजन किर्तन प्रवचन ,मातृभूमि ,कर्मभूमि र समसामयिक विचार समेत आकर्षण प्रस्तुति दिएर सहभागीहरुको मन जित्न सफल हुनु भएको थियो l

सहभागीहरुले कार्यक्रम अत्यन्तै फलदायी भएको विचार ब्यक्त गर्दै यस किसिमका शारीरिक तथा मानसिक स्वास्थ्य लाभ हुने मवाब मन मस्तिस्कमा चेतना जागृत गर्ने जस्ता कार्यक्रमहरु निरन्तर भै रहनु पर्ने जोड दिएका थिए l

योग गुरु ललित शंकर योगीले मिचिगनमा योग बिज्ञान शिबिर संचालन गर्नु भएको यो तेश्रो पटक हो भने अमेरिकाको भ्रमण चौथो पटक हो l विश्वका सम्पूर्ण मानव र प्राणी मात्रको भलाई आफ्नो जीवन समर्पण गर्नु भएका योग गुरु भन्नु हुन्छ आफ्नो बारेमा सोच्ने समय म संग छैन l

प्रतिक्रिया