गर्मीयाम सुरु भएसँग पौडी पोखरी सञ्चालनमा
काठमाडौँ, ३० फागुन । गर्मीयाम सुरु भएलगत्तै नेपाल पुलिस क्लब परिसरमा रहेको पौडी पोखरी आजबाट सञ्चालनमा आएको छ ।
नेपाल पुलिस हेल्थ क्लबले बेग्लाबेग्लै सेवाग्राहीका लागि विभिन्न सहुलियतको व्यवस्थासमेत गरेर पौडी पोखरी सञ्चालनमा ल्याइएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
जाडोयाम सकिएलगत्तै काठमाडौँ उपत्यकामा बढ्दै गएको गर्मी छल्न सेवास्वरुप सो पोखरी सञ्चालनमा ल्याइएको प्रहरी कल्याण कोषका वरिष्ठ उपरीक्षक लव विष्टले जानकारी दिनुभयो ।
करिब चारदेखि १० फिट गहिरो सो पोखरीमा दैनिक १०० देखि १५० जनाले सेवा लिने क्लबले जनाएको छ । बिदाको दिन भने करिब ५०० को हाराहारीमा सेवा लिने अनुमान गरिएको छ । पौडी खेल्न आउने सर्वसाधारणले दिनभरिका लागि रु ३०० तिनुपर्ने हुन्छ ।
त्यसैगरी सो पौडी पोखरीमा सेवा लिने प्रहरी कर्मचारी, निवृत्त प्रहरी र तिनका परिवारलाई ७५ प्रतिशत सहुलियत दिइएको छ । १० जनाको समूहमा आउने विद्यार्थीलाई रु ५० र सोही समूहमा आउने अन्यलाई २५ प्रतिशत सहुलियत दिइने छ ।
सरकारी कर्मचारीका लागि रु २५ र अपाङ्गता भएकाका लागि ३३ प्रतिशत सहुलियत दिइएको छ । त्यसैगरी ५० जनाभन्दा बढीको सङ्ख्यामा आउने विद्यार्थी समूहले प्रतिघन्टा रु ८० तिर्नुपर्ने छ ।
दुई तीन दिनदेखि बढ्दै गएको गर्मी छल्नका लागि पौडी खेल्न क्लबमा आउनुभएका सर्वसाधारण सुदीप सागरले अन्य पौडी पोखरीमा भन्दा क्लबले सञ्चालन गरेको पोखरीमा सबै सुविधा भएको हुँदा बर्सेनि आउने गरेको बताउनुभयो ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
मिनेसोटामा डन्ट राइटलाई गोली हान्ने महिला प्रहरीलाई दोश्रो दर्जाको मानवहत्याको अभियोग
प्रतिक्रिया