आयल स्टोर्स नहुँदा किराना पसलमा पेट्रोल
सल्लेरी (सोलुुखुम्बु), ३० फागनु । सोलुखुम्बु जिल्लामा पेट्रोल पम्पको व्यवस्था नहुँदा उपभोक्ता किराना पसलबाट पेट्रोलियम पदार्थ खरिद गर्न बाध्य छन् ।
दैनिक काठमाडौँ र तराईबाट २०० को हाराहारीमा सवारीसाधन जिल्ला भित्रिने गरेको भए पनि सवारीसाधनमा प्रयोग हुने इन्धनका लागि पेट्रोल पम्पको व्यवस्था नहुँदा आफूहरु मर्कामा परेको सवारी धनीले गुनासो गरेका छन् ।
मोटरसाइकल चालकले सल्लेरीमा रहेका विभिन्न किराना पसलबाट पेट्रोलियम पदार्थ खरिद गर्ने गरेका छन् भने डिजेलबाट चल्ने सवारीसाधनमा पनि ड्रमबाट इन्धन भर्ने गरिएको छ ।
सोलुखुम्बुका विभिन्न किराना पसलमा मिनिरल वाटरको बोतलमा पेट्रोल भरेर रु १७० प्रतिलिटर पेट्रोल बेच्ने गरिएको छ । यसरी बेचिँदा मिसावट हुने सम्भावना रहेको उपभोक्ताको गुनासो छ ।
विकट हिमाली जिल्ला सोलुखुम्बु सडक सञ्जाल जोडिएको करिब पाँच वर्ष बितिसक्दा पनि यसतर्फ प्रशासन तथा सरोकारवालाको ध्यान गएको देखिँदैन ।
करिब डेढ वर्ष पहिले इन्धन बिक्रीका लागि नेपाल आयल निगममा दर्ता भएको दूधकोसी आयल स्टोर्स नामक संस्थाले पम्प राख्ने इजाजत पत्र पाए पनि सञ्चालनमा खासै चासो देखाएको छैन ।
यता जिल्ला प्रशासन कार्यालयले पेट्रोल पम्पको व्यवस्था नहुँदा किराना पसलबाटै पेट्रोल बिक्री गरेको टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता भएको जनाएको छ ।
बजार अनुगमन व्यवस्थापन समितिका संयोजकसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुकुमारी भट्टराईले पेट्रोलका लागि कसैले इजाजतपत्रसमेत नलिएकाले उपभोक्तालाई मर्का नपर्ने गरी व्यवस्थित गर्ने बताउनुभयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया