मुम्बई हमलाका मुख्य दोषीलाई थुनामुक्तिको आदेश
इस्लामावाद, २९ फागुन । पाकिस्तानको एक अदालतले सन् २००८ मा भारतको मुम्बईमा भएको आतङ्ककारी हमलाका एकजना प्रमुख योजनाकारलाई जलेमुक्त गर्ने आदेश दिएको छ ।
सो बम हमलाका एकजना प्रमुख योजनाकार रहेको भनी यसअघि सो अदालतकै आदेशमा थुनामा रहेका ती व्यक्तिलाई शुक्रबार अदालतले सो आदेश दिएको हो ।
पाकिस्तानी नागरिक जाकी उर रहमान लख्भीलाई भारत सरकारले मुम्बईमा सन् २००८ मा भएको हमलाको मुख्य दोषी ठहर गरेको हो ।
सो हमलामा परी १६६ जनाको ज्यान गएको थियो । त्यसका अरु पनि कयौँ दोषीमाथि कारबाही भएको छ । तर पाकिस्तानले भने यो हमलामा पाकिस्तानी नागरिकको संलग्नताको अस्वीकार गर्दै आएको छ ।
उनलाई गएको डिसेम्बरमा आतङ्कवाद विरोधी अदालतले धरौटीमा रिहा गरेको थियो । पछि फेरि उनलाई थुनामा राखिएको थियो ।
तर सो निर्णयको भारतले व्यापक मात्रामा विरोध गरेकोले उनलाई पुनः थुनामा नै राखिएको थियो । अहिले फेरि अदालतले उनलाई थुना मुक्तिको आदेश दिएको छ ।
शुक्रबारको यस फैसलाले उनी रिहा हुनसक्ने छन् । तर यस विषयमा सरकारले पुन सर्वाेच्च अदालतलाई अपिल गर्नसक्छ र यसको समय शनिबारबाटै सुरु हुने बताइएको छ ।
यस निर्णयको भारतले व्यापक रुपमा विरोध गरेको छ । भारतले आतङ्कवादीलाई कुनैपनि हालतमा कारबाही गर्नुपर्ने भन्दै भारतीय गृहमन्त्रालयले यस्तो निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने
अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि हुदै ,चार जनामा एक जना वयस्कलाई पूर्ण खोप
गैरआवासीय नेपाली संघको पौष मसान्त सम्मको हिसाब किताबको बिबरण सार्वजनिक
बाइडनले सामूहिक गोलीबारी पछि दबाब बढ्दै जाँदा सीमित बन्दूक प्रतिबन्धको घोषणा
प्रतिक्रिया