तमिललाई पनि अधिकार देउ: भारतीय प्रम मोदी
कोलोम्बो, २९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्का सरकारलाई यहाँको स्थानीय एक जातीय समूह तमिललाई पनि अधिकार दिन आग्रह गर्नुभएको छ ।
औपचारिक भ्रमणका क्रममा श्रीलङ्का पुग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनासँगको भेटवार्तापछि शुक्रबार सो प्रतिक्रिया दिनुभएको हो ।
तमिलहरुले आफ्नो स्वायत्त अधिकारका लागि श्रीलङ्कामा करिब २८ वर्षसम्म युद्ध लडेका थिए । जसका कारण हजारौँ नागरिकको ज्यान गएको थियो ।
सन् २००९ मा श्रीलङ्कामा भएको युद्धका क्रममा तमिलहरुको हार भएपछि उनीहरु हाल त्यहाँ प्रतिबन्धित रहेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो– तमिलहरुले पनि श्रीलङ्कामा न्यायपूर्ण, समानता, शान्ति र इज्जतका साथ बाच्न पाउनुपर्छ, त्यसैले उनीहरुलाई स्वायत्तता र अधिकार दिनुपर्दछ ।
उहाँले सन् १९८७ मा श्रीलङ्काको संविधानले नै तमिलहरुलाई अधिकार दिएकोले त्यसको सम्मान र पालनाका लागि श्रीलङ्का सरकारसँग आग्रह गर्नुभएको पनि समाचारमा जनाइएको छ ।
उहाँले यस भ्रमणका क्रममा श्रीलङ्काको एक प्रमुख जातीय समूहका रुपमा रहेको तमिलको बाहुल्यता रहेको क्षेत्रको पनि भ्रमण गर्नुहुने समाचारमा जनाइएको छ ।
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रतिक्रिया