सपिङ मलमा भएको आगलागीमा एघारको मृत्यु
मस्को, २९ फागुन । मस्कोदेखि आठ सय किलोमिटर पूर्वमा रहेको कजान प्रान्तमा अवस्थित एक सपिङ्ग मलमा बुधबार भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ११ पुगेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
सो घटनामा परी फसेका छ व्यक्तिको शव उद्धारकर्ताहरुले निकालेपछि सो सङ्ख्या ११ पुगेको सङ्कट व्यवस्थापन मन्त्रालयकका प्रवक्ताले रिया नोभोस्ती समाचार समितिलाई जनाएको छ ।
बिहीबार नै सो आगलागाीमा परी एक पुरुष र चार महिलाको मृत्यु भएको जनाइएको थियो । बिहीबार नै उक्त आगलागीमा २५ व्यक्ति बेपत्ता भएको जनाइएको थियो । तर सपिङ मल पूरै ध्वस्त भएको हुनाले जीवित व्यक्तिको उद्धार गर्ने कठिन भएको बताइएको छ ।
सो मलको छाना नै भत्किएर भुइँमा लागेको हुनाले बेपत्ता व्यक्ति त्यहीँ फसेका र जीवितै उद्धारको कम मात्र आशा रहेको सङ्कट व्यवस्थापन मन्त्रालयका निर्देशक भोल्गा पन्सीनले इतार तास समाचार समितिलाई बताउनुभएको थियो ।
सो मलमा बेपत्ता भएका कामदारले हालसम्म आफ्ना आफन्तलाई कुनै सम्पर्क नगरेको पनि उहाँले बताउनुभएको छ ।
उद्धारकर्ताहरुले फसेका व्यक्तिहरुलाई जीवितै उद्धार गर्न नसकेको तर सो भवनको भग्नावशेषबाट एक बिरालो भने जीवितै उद्धार गरेको शुक्रबार जनाइएको छ ।
घटनामा अन्य ५५ जना घाइते भएका जनाएको छ । त्यसैगरी चार हजार स्क्वायर मिटर जमिनमा रहेको सो मल आगलागीबाट किनमेल गर्न आएका ६५० ग्राहकको उद्धार भएको पनि तासले जानकारी दिएको छ ।
यस आगलागीको उद्धार कार्यमा करिब पाँच सय प्रहरी अधिकारी तैनाथ रहेका छन् ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया