सर्वपक्षिय बैठकको खाँचो छ: अध्यक्ष थापा
इनेप्लिज
२०७१ फागुन २८ गते १५:०७ मा प्रकाशित
काठमाडौँ, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विद्यमान राजनीतिक अस्थिरता तथा अन्योलबाट मुलुकलाई निकास दिन संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बस्नुपर्ने बताउनुभएको छ ।
आज यहाँ आयोजित पार्टीको मध्यमाञ्चल क्षेत्रस्तरीय बैठकमा अध्यक्ष थापाले संविधान जारी हुनका लागि अहिले ठूला दलले दलगत स्वार्थ भन्दामाथि उठेर देश र जनताका लागि संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले मुलुकमा स्थानीय निर्वाचन चाँडो हुनसक्ने सङ्केत गर्दै कतिपय गाविसमा पार्टीको इकाइ समिति गठन गर्न बाँकी रहेकामा चिन्ता व्यक्त गर्दै गाउँ तह तथा वडा तहमा सङ्गठन सुदृढ गरी अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
यसैबीच पार्टी अध्यक्ष थापाले नेकपा (माले)का नेता तिलकबहादुर रिजाललाई टीका लगाई सो पार्टीमा प्रवेश गराउनुभएको थियो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया