समय सान्दर्भिक विपीको सिद्धान्तलाई परिमार्जित गर्नुपर्ने: मन्त्री रिजाल
पाँचथर, २८ फागुन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले विपीको सिद्धान्तलाई समय सान्दभिक परिवर्तन गर्दै लैजानु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
विपी चिन्तन प्रतिष्ठान पाँचथरले जोरपोखरीमा आज गरेको प्रशिक्षक तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दे उहाँले विपीले जिवनभरी जनताको समृद्धिका लागि लोकतान्त्रिक पाटोबाट अघि बढ्न प्रेरित गरेको स्मरण गर्नु भयो ।
उहाँले काँग्रेस एमालेको दुई तिहाइ मतबाट जसरी पनि संविधान बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, गुरुराज घिमिरे, सभासद् भीष्मराज आङदेम्बे, जिल्ला सभापति नरेन्द्रकुमार केरुङले विपीको प्रजातान्त्रिक समाजवादलाई अनुसरण गरी मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राख्नु भएको थियो ।
यसअघि आजै बिहान पत्रकार महासङ्घ पाँचथर शाखाले फिदिममा गरेको पत्रकार भेटघाटमा मन्त्री रिजालले दुई तिहाईको मत रद्दीको टोकरीमा राखेर अमुक दलले चाहेजस्तो संविधान नबन्ने बताउनुभयो ।
अहिले पनि काँगेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले सहमतिका लागि हदैसम्म लचिलो भएर अग्रसरता देखाइरहनुभएको भन्दै उहाँले मोर्चाले सहमति गर्न नचाहेको आरोप लगाउनुभयो ।
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया