तीन कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा
इनेप्लिज
२०७१ फागुन २८ गते १५:०१ मा प्रकाशित
सर्लाही, २८ फागुन । नेपाल विद्युत प्राधिकरण सर्लाहीअन्तर्गत प्रशाखा लालबन्दीमा कार्यरत तीनजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले रु ६५ हजार घुससहित नियन्त्रणमा लिएको छ ।
आयोगको केन्द्रीय कार्यालय काठमाडौंबाट आएको एक टोलीले आज दिउँसो विद्युत कार्यालयमा छापा मारेर घुससहित कर्मचारी रमाशङ्कर पासवान, आत्माराम ढुङ्गेल र मनोजकुमार सिंहलाई नियन्त्रणमा लिएको हो ।
सर्लाहीको रानीगञ्जस्थित थपलिया राइस मिलका लागि थ्री फेजको विद्युत लाइन जडान गर्न भन्दै लिएको घुस सहित तीनजनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
नियन्त्रणमा परेकाहरुविरुद्ध अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया