वैद्य नेतृत्वको माओवादीको क्रान्तिकारी युवा लीगको अध्यक्षमा कँवर मगर
काठमाडौँ, २८ फागुन । नेकपा–माओवादीको युवा सङ्गठन ‘क्रान्तिकारी युवा लीग, नेपाल’ को पहिलो राष्ट्रिय भेलाले नेवबहादुर कँवर मगरको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लिगका महासचिव दीपक देवकोटाले जनसेवा, जनसुरक्षा र राष्ट्र रक्षाको उद्देश्यसहित युवाहरुको सङ्गठनको रुपमा लिगको गठन गरिएको जानकारी दिनुभयो ।
लिगको फ्र्याक्सन इञ्चार्जको रुपमा माओवादी स्थायी समिति सदस्य कुलप्रसाद केसी रहनुभएको छ ।
फागुन २६ र २७ सम्म चलेको लिगको भेलाले उपाध्यक्षमा नेपबहादुर चौधरी, विजय साम्पाङ राई, महासचिव दीपक देवकोटा, सचिव खड्गराज सेजुवाल र कोषाध्यक्ष गङ्गा कार्कीलाई निर्वाचित गरेको छ ।
भेलामा माओवादीका अध्यक्ष मोहन वैद्यले सङ्गठनलाई जुझारु र सुदृढ सङ्गठनको रुपमा विकास गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा दृढताका साथ अग्रसर हुन लिगका सदस्यहरुलाई निर्देशन दिनुभएको थियो ।
लिगले बेरोजगार युवाहरु, क्लबहरु, स्कूल÷कलेजहरु, कारखानाहरु, सुकुम्वासी भूमिहीन तथा पेसागत क्षेत्रलाई कर्मथलो बनाउँदै अधिकारसहितको समृद्धिको लागि आन्दोलनरत रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बारा, पर्सालगायत देशका विभिन्न भागमा बालिका बलात्कार गर्ने जघन्य अपराधीमाथि हदैसम्म सजाय गर्न र महिला हिंसाको अन्त्य गर्न पनि लिगले माग गरेको छ ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया