स्वाइन फ्लु सत्ताइस जनामा
इनेप्लिज
२०७१ फागुन २८ गते ११:०५ मा प्रकाशित
स्वाइन फ्लु सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । तीन दिनबीचमा थप १७ जना बढेका हुन् । शङ्कास्पद बिरामीको नमुना सङ्कलन गरी काठमाडौँ पठाइँदै आएको छ ।
हालसम्म काठमाडौँ पठाइएका १६२ जनाको नमुना परीक्षण गर्दा २७ बिरामीमा स्वाइन फ्लु अर्थात् इन्फ्लुएन्जा एचवान एनवानको सङ्क्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताउनुभयो ।
उहाँका अनुसार स्वाइन फ्लु सङ्क्रमित हुनेमा अधिकांश महिला रहेका छन् । जिल्लामास्वाइन फ्लुको प्रारम्भिक परीक्षण हुने एक मात्र भरतपुर अस्पतालमा पनि स्वाइन फ्लु जँचाउने बिरामीको चाप बढिरहेको बताउँदै चिकित्सक डा भोजराज अधिकारीले अब स्थिति नियन्त्रण गर्न थप सतर्कता आवश्यक रहेको जानकारी दिनुभयो ।
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया